भारतबाट हजारौँ भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा !

भारतबाट हजारौँ भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा !

धनगढी : जेठको महिनामा मात्रै सुदूरपश्चिमका विभिन्न नाकाबाट साढे २६ हजार नागरिक भित्रिएका छन्। यो, सीमा नाकामा खटिएका सुरक्षाकर्मीले गणना गरेको तथ्यांक हो। तर सामाजिक विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा, सुदूरपश्चिममा क्वारेन्टाइनमा १२ हजार ३६७ जना रहेका छन्। 

भारतबाट आएर गाउँ पुगेका धेरै सरकारी क्वारेन्टाइन नबसेपछि कोरोनाको जोखिम बढेको छ। जेठको महिनामा सबैभन्दा बढी कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकाबाट बढी नेपाली देश भित्रिएका छन्। ५३ दिनसम्म भारतको क्वारेन्टाइनमा बसेका ७५८ जनालाई जेठ २ र ३ गते उद्दार गरेर ल्याएसँगै गौरीफन्टा नाकामा भारतबाट फर्किनेको चाप बढेको हो।

त्यसपछि, जेड ८ गतेदेखि गृहमन्त्रालयको समुन्वयमा स्थानीय प्रशासनले दैनिक जसो नाका खोलेर भारतमा रहेका नेपाली नागरिकलाई भित्र्याइरहेको छ। चैत २ र ३ गते भारतको पलियामा क्वारेन्टाइनमा रहेका ७५८ जनासहित मंगलबारसम्म गौरीफन्टा नाकाबाट मात्रै १८ हजार ४९४ जना नेपाल प्रवेश गरेका छन्।

सबैभन्दा बढी मंगलबार ५ हजार १३ जना गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए। बिहान १० बजेदेखि १२ बजेसम्मका लागि खोलिएको गौरीफन्टा नाकामा दिउँसो ३ बजेसम्म आवागमन भएको थियो। 

भारतबाट आउने क्रम नरोएिपछि मंगलबार दिउँसो गौरीफन्टा बोर्डरको व्यवस्थापन कष्टकर भएको थियो। कतिपय नेपाली चर्को घाममा लाम बसेकाले बेहोस पनि भएर ढलेका थिए भने स–साना दुधे बालक बोकेका महिला सबैभन्दा सकसमा देखिएका थिए।

जेठको महिनामा मंगलबारसम्म गौरीफन्टा नाकाबाट १८ हजार, ४९४, कञ्चनपुरको गड्डाचौकी नाकाबाट सात हजार ५ सय, दार्चुलाको पुलघाट नाकाबाट ३१९ जना र बैतडीको झुलाघाट नाकाबाट ३७८ जना गरी २६ हजार ५९१ जना नेपाली स्वदेश आएका छन्। 

महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चाँदनीको सीमाबाट ठूलो संख्यामा लुकीछिपी नेपाली स्वदेश फर्किन थालेपछि, सोमबाटदेखि कञ्चनपुरको गड्डाचौकी नाका पनि दैनिक चार घण्टा खुला गरिएको छ।

सोमबार दिउँसो १२ बजेदेखि ६ बजेसम्मका लागि नाका खोलिएकोमा मंगलबार भने बिहान ६ बजे देखि १० बजेसम्मका लागि खोलिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। मंगलबार गड्डाचौकी–बनबसा नाकाबाट ८ सय जनाको उद्दार गरिएको छ।

यसअघि दोधारा चाँदनीको अवैध नाका प्रयोग गरी नेपाल प्रवेश गरेका ४ हजार नागरिकले आफैँ सरकारी सम्पर्कमा आएर आफूहरु क्वारेन्टाइन बस्ने भनेपछि, लुकेर आउनेबाट झन् खतरा महसुस गर्दै कञ्चनपुरको स्थानीय प्रशासनले दैनिक रुपमा नाका खोल्ने निर्णय गरेको हो।

तर भारतबाट आएका नेपाली सबैलाई क्वारेन्टाइन बसाउन नसकिएकाले कोरोनाको जोखिम बढेको छ। सोमबारसम्मको तथ्यांक हेर्ने हो भने भारतबाट नेपाल प्रवेश गरेका नेपालीको संख्या २० हजार भन्दा बढी छ तर १२ हजार ३६७ जनाको मात्रै क्वारेन्टाइनको तथ्यांक आएपछि अवस्था चिन्ताजनक देखिएका हो।

क्वारेन्टाइनको जिम्मा स्थानीय तहलाई दिइएको छ। स्थानीय तहले पनि हरेक वडालाई आफ्नो वडामा क्वारेन्टाइन बनाउन र आएका नागरिकलाई त्यही क्वारेन्टाइनमा राख्न निर्देशन गरेको छ। तर वडास्तरमा बनेका क्वारेन्टाइनमा फर्किएका राम्रो व्यवस्था नभएको भन्दै बस्ने गरेका छैनन्। कुनै कुनै क्वारेन्टाइनमा त, खानाका लागि घर जाने र राति सुत्न मात्रै क्वारेन्टाइन आउने गरिएको पनि समाचार आइरहेका छन्।

सेती अञ्चल अस्पतालबाट सेवानिवृत वरिष्ठ फिजिसियन प्रा. डा. सुभेषराज कायस्थ भन्छन, ‘कोरोनाको महामारीका बेला, भारतबाट आएका नागरिकलाई क्वारेन्टाइन गर्न सकिएन भने स्थिति भयावह आउन सक्छ’, उनी थप्छन, ‘अहिले हो जनप्रतिनिधिको काम देखिने, जनप्रतिनिधिले आफुनो घर, समाज र देश जोगाउनका लागि भएपनि कठोर कदम लिएर क्वारेन्टाइनमा बसाउनुपर्छ।’

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भने भारतबाट आएका जति सबैलाई क्वारेन्टाइनमा राखिएको बताउछन्। ‘सीमा नाकाबाट सिधै स्थानीय तहसम्मका लागि गाडी पठाइएका छन्’, उनले भने, ‘त्यहाँ स्थानीय तहले उनीलाई क्वारेन्टाइन गरेको छ।’

तर सीमानाकामा भित्रिएको तथ्यांक र प्र्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकमा आधा नागरिकको फरक देखिएको छ। यो नाकाबाट एक हजारको संख्यामा अरु प्रदेशका नागरिक पनि आएका छन्। तीमध्ये धेरैजना यातायातको व्यवस्था नभएकाले सुदूरपश्चिमकै क्वारेन्टाइनमा रहेका छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.