स्थानीय सरकारले उपेक्षा गर्‍यो : कोरोना संक्रमित संचारकर्मी

स्थानीय सरकारले उपेक्षा गर्‍यो : कोरोना संक्रमित संचारकर्मी

कपिलवस्तु : कोरोना संक्रमित संचारकर्मीले स्थानीय सरकारले संक्रमितलाई बेवास्था गरेको प्रतिक्रिया दिएका छन्। उनीहरुले संक्रमित पुष्टि भएपछि घर, परिवार र सम्पर्कमा रहेका व्यक्तिहरुसँग ट्रेसिङ र टेस्टको कार्यमा स्थानीय सरकारको तदारुकता नदेखाएको गुनासो गरेका छन्।

बिहान संक्रमण पुष्टि भएकी महिला संचारकर्मीले वाणगंगा नगरपालिकाबाट राति ८ बजेसम्म पनि कुनै वास्ता तथा मनोपरामर्श नदिइएको बताएकी छन्। संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान, खोजी तथा स्वाब परीक्षणको काममासमेत नगरपालिकाबाट ढिलाई गरिएको छ। 

संक्रमित पुरुष संचारकर्मीलाई संक्रमणको १२ घण्टापछि मात्रै आइसोलेसनका लागि तौलिहवास्थित एक गैरसरकारी संस्थाको कोठामा पुर्‍याइएको थियो। कोरोना संक्रमण पुष्टि भइसकेपछि स्थानीय तहको व्यवस्थापन र प्रतिनिधीहरुले गर्ने व्यवहार चित्त बुझ्दो नदेखिएको बताएका छन्। 

यी र यस्ता विषयहरु उठान गरी वाणगंगा नगरपालिकाका कोरोना संक्रमित पुष्टि भइसकेका र क्वारेन्टिनमा बसेका संचारकर्मीहरुले आफ्ना दुख पीडा आफ्ना सामाजिक संजालहरुमार्फत बाहिर ल्याएका छन्। स्थानीय सरकारले जुन ढंगबाट आफु संक्रमितहरुलाई ख्याल राख्नु पर्‍थ्यो त्यो आफुले नपाएको वाणगंगा नगरपालिका-११ का संक्रमित संचारकर्मी योगेश पाठकले बताए।  

जिल्लामा समृद्ध नगरपालिका भनेर स्वघोषणा गर्दै हिड्ने वाणगंगा नगरपालिकाका निर्वाचित जनप्रतिनिधी तथा कर्मचारीहरु कोरोना संक्रमण रोकथामका प्रयासमा भने खासै अब्बल देखिएनन्, संक्रमित संचारकर्मी पाठकले भने, 'वाणगंगा नगरपालिकाका कोरोना संक्रमित वडा अध्यक्षले एम्बुलेन्स नपाएर मोटरसाइकलमै कोरोना अस्पताल बुटवल पुग्न बाध्य भए।' यस्तो अवस्थामा समृद्ध नगरपालिका र व्यवस्थित स्थानीय सरकार भनेर कसरी मान्ने ? संक्रमित संचारकर्मी पाठकले प्रश्न गरे। जिल्लामा भारतीय शहरबाट आउने सर्वसाधारणको ठुलो भीड महिना दिन अघिबाट देखिएको थियो। प्रशस्त समय पाउँदा समेत नगरपालिकाले कोरोना व्यवस्थापनका लागि समयमै पहल नथाल्दा कोरोना संक्रमितले दुख पाउनु परेको संक्रमित संचारकर्मीहरु बताउँछन्।

कपिलवस्तु नगरपालिकाका संक्रमित संचारकर्मीहरुको पीडा पनि उस्तै छ। संक्रमित पुष्टि भएपनि नगरपालिकाबाट कुनै सोधपुछ तथा खोज खबर कसैले लिदैन। म त संक्रमित भए तर म सँगै कन्ट्याक्टमा आएकाहरुको स्वाब संकलन लगायतको काम र मेरा परिवारलाई सान्त्वना दिने काम कतैबाट भएन। मलाई नगरपालिका क्षेत्रभित्र आईसोलेसन वार्ड नबन्दा आफ्नै अफिसको एक कोठामा आइसुलेट भएर बसेको छु, संक्रमित संचारकर्मी बन्जाडेले भने, 'मेरो परिवार र सानो छोरा डेराको कोठामा छ। उनीहरु कोठाबाट निस्कने अवस्था छैन। कसरी बसेका छन्, के खाएका छन् ? स्थानीय सरकारका प्रतिनिधीहरुलाई कुनै वास्ता छैन।' अनि कसरी मेरो घर दैलोको सरकारमा विश्वास गर्नु ? उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.