रामेछापमा आरडीटी पोजिटिभ देखिएका ७ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’

रामेछापमा आरडीटी पोजिटिभ देखिएका ७ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं : रामेछापमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएका ७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। आरडीटी पोजिटिभ देखिएपछि स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा पठाइएको ७ जनाको रिपोर्ट आज आएको हो। 

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार सोमबार र मंगलबार स्वाब संकलन गरेर पठाइएका थप ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। ‘शुक्रबारदेखि मंगलबारसम्म १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो जसमध्ये आजसम्म ७ जनाको रिपोर्ट प्राप्त भएको छ’  उनले भने, ‘अन्य ५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।

कर्णका अनुसार पिसिआर रिपोर्ट आएपछि अस्पतालको आइसोलेसनमा राखिएका सबैलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ। बुधबार दिउँसोसम्म ४२ जनाको पिसिआर विधीबाट र ७७० जनाभन्दा बढीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको र्‍यापिड टेस्ट गरिएको छ। 

कुन पालिकामा कति जना छन् क्वारेन्टाइनमा ?

रामेछाप जिल्लामा बुधबार दिउँसोसम्ममा क्वारेन्टाइन र होम क्वारेन्टाइन गरी कूल १२४ जना बसिरहेका छन्। स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका ५८ जना क्वारेन्टाइन र ६६ जना होम क्वारेन्टाइन बसिरहेको जानकारी दिए।

कर्णले भने, 'हाल गोकुलगंगा गाउँपालिकामा १७ जना क्वारेन्टाइनमा, उमाकुण्ड गाउँपालिकामा २१ जना होम क्वारेन्टाइनसहित २२ जना, मन्थली नगरपालिकामा ७ जना क्वारेन्टाइनमा सहित २९ जना, खाँडादेवी गाउँपालिकामा १९ होम क्वारेन्टाइनसहित २० जना र लिखुतामाकोशी गाउँपालिकामा २२ जना क्वारेन्टाइन, रामेछाप नगरपालिकामा ७ जना होम क्वारेन्टाइन दोरम्बा गाउँपालिकामा ३ जना क्वारेन्टाइनमा र  सुनापति गाउँपालिकामा ४ जना क्वारेन्टाइनमा बसेका छन्।' उनीहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

कुन स्थानीय तहमा कति आइसोलेसन र क्‍वारेन्टाइन बेड ?

जिल्ला स्वास्थ्य कार्यालय रामेछापकाअनुसार विभिन्न स्थानीय तह र अस्पतालमा ७१ वटा आइसोलेसन बेड र ३३१ क्‍वारेन्टाइन बेड निर्माण भएका छन्। कार्यालयकाअनुसार रामेछाप नगरपालिकामा १७ आइसोलेसन बेड र ७० क्‍वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र ३६ क्‍वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड र २६ क्‍वारेन्टाइन बेड, खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४७ क्‍वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्‍वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्‍वारेन्टाइन बेड, गोकुलगंगा गाउँपालिकामा ५ आइसोलेसन बेड ३४ क्‍वारेन्टाइन ब‍ेड, लिखु गाउँपालिकामा ३ आइसोलेसन बेड र ४९ क्‍वारेन्टाइन ब‍ेड निर्माण भएका छन्।

रामेछापमा तराईबाट  फलफूल तथा तरकारी ढुवानीमा रोक 

रामेछापमा जिल्ला स्तरीयविपद् व्यवस्थापन केन्द्र (Crisis Management Center ) को मंगलबारको बैठकले कोभिड-१९ को संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न अर्को सूचना जारी नभएसम्म तराई लगायतका अन्य जिल्लाहरुबाट फलफूल तथा तरकारी ढुवानीमा रोक लगाउने र दोलखा जिल्लाबाट हरियो तरकारी र फलफूल ढुवानी गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले लकडाउनको पूर्ण पालना गर्न जिल्ला प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुको आवत जावत पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ। शर्माका अनुसार भारत लगायत सिमा नाकाहरु संक्रमित फैलिएको जिल्लाबाट यस जिल्लामा प्रवेश गर्ने नागरिकको लागि यातायात व्यवस्थापन र प्रत्येक पालिकामा थप १००/१०० वटा क्वारेन्टाइनको बेड क्षमता विस्तार गर्न सबै पालिकामा अनुरोध  निर्णय भएको छ। भारत लगायत कोभिड-१९ सम्बन्धि विभिन्न जिल्लाबाट सेलेघाट नाकामा आउने व्यक्तिहरूलाई होल्ड गरी सम्बन्धित पालिकामा पठाउन सेलेघाटमा होल्डिङ्ग स्थान निर्माण गर्ने  बैठकले निर्णय गरेको छ। 

यस्ता छन् अन्य निर्णय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.