कपिलवस्तुमा थप ७७ जनालाई कोरोना, संक्रमितको संख्या २६५ पुग्यो
कपिलवस्तु : जिल्लामा थप ७७ जना कोरोना भाइरस संक्रमितहरु पुष्टि भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय तौलिहवाले दिएको जानकारी अनुसार महाराजगंज नगरपालिकाका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १६ जना पुरुष, यशोधरा गाउंपालिकाका २६ जना पुरुष र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो।
नयाँ थप भएका ७७ जनासहित जिल्लामा कुल २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।