बाजुराको धुरालसैन मावि 'सिल', मृतक बालिकाको दाहसंस्कार नेपाली सेनाले गर्ने

बाजुराको धुरालसैन मावि 'सिल', मृतक बालिकाको दाहसंस्कार नेपाली सेनाले गर्ने

बाजुरा : जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएकी २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएपछि उनी बसेको बुढीगंगा नगरपालिका १ स्थित धुलारालसैन मावि 'सिल' गरिएको छ।

धुलारालसैन मावि क्वारेन्टाइनमा बसेकी २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको र आमामा समेत कोरोना देखिएपछि सिल गरिएको हो। धुरालसैन माविको क्वारेन्टाइनमा ६४ जना महिला र एक सय २४ जना पुरुष गरी एक सय ८५ जना छन् । उनीहरु सबैको पीसीआर परीक्षण गर्ने विपद संकट व्यवस्थापन समितिले जनाएको छ । भारतबाट उनीसँगै आएका अन्यको खोजी गरिने भएको छ ।

सँगै क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन पठाउने र अन्य व्यक्तिको आवतजावतमा पूर्ण रोक लगाएर  विद्यालय क्वारेन्टाइनस्थल सिल गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड- १९ रोकथाकम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले विद्यालयलाई सिल गर्ने निर्णय गरेको थियो ।  समितिले मृत्यु भएकी बालिकाको दाहसंस्कार गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । कोरोना संक्रमण पुष्टि भएको र ज्यान समेत गइसकेको अवस्थामा भारतबाट नेपाल प्रवेश गर्नेलाई अनिवार्य पीसीआर जाँच गर्ने र लकडाउनमा कडाइ गर्ने बारे पनि छलफल गरिएको समिति सदस्य एवं प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टाराईले जानकारी दिए।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि बालिकालसँगै उनका आमा बुवालाई पछि जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा  राखिएको थियो । उपचारका लागि आइसोलेसन कक्षमै रहेका बुवामा कोरोना नदेखिए पनि आमामा भने कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ।  बुढीगंगा नगरपालिका १ घर कुडीकी ती २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा छोरी र आमा दुबैमा कोरोना संक्रमण पुष्टी भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।

कोरोना पुष्टि भएकी बालिकाकी आमाको उमेर २३ वर्ष रहेको छ। आमा र छोरीमा ज्वरो आउने र खोकी लाग्नेजस्ता लक्षण देखिएपछि बालिकासँगै आमा र बुवालाई जेठ १५ गते जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको थियो । उनीहरु जेष्ठ १४ गते मात्र भारतबाट नेपाल आएका थिए । 

कोरोना संक्रमणबाट बाजुरामा १ जनाको मृत्यु भएको छ भने २ जना नयाँ संक्रमित देखिएका छन् । कालिकोट जिल्लाको क्वारेन्टाइनमा बसेका जगन्नाथ ५ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.