आफ्नै साथीको हत्या गर्ने चारजना पक्राउ
दाङ : दाङको तुलसीपुरमा चारजना युवा मिले आफ्नै साथीको हत्या गरेका छन् । तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफ्नै साथीले हत्याको गरेको प्रहरी जनाएको छ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क क्षेत्रमा मदिरा सेवन गरी राती साथीको हत्या गर्ने चारजनालाई प्रहरी घटना भएको ५ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरेर मदिरा र लागूऔषध सेवन गरी आफ्नै साथीको हत्या गर्ने चार जना युवालाई सार्वजनिक गरेको छ । मन्दिप भुजको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अर्घाखाची घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने सौरव पोख्रेल, तुलसीपुर ५को अजय बुढाथोकी, आशिस नेपाली, ओमबहादुर सार्कीलाई प्रहरीले सावजनिक गरेको हो ।
मन्दिपको हत्या ढुङगा प्रहार गरी भएको र आफूहरुले हत्या गरेको चारैजनाले स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले बताए ।