इटहरीमा एक जनाको हत्या

इटहरीमा एक जनाको हत्या

इटहरी : इटहरीमा आइतबार राति छुरा प्रहारबाट ३० वर्षीय राजन राईको मूत्यु भएको छ। इटहरी २० तरहराका उनलाई राति ११ बजे भएको आक्रमण भएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार प्रज्वल तामाङ समूहले एकता टोलमा राईमाथि आक्रमण गरेको थियो। छुरा प्रहारअघि पाँच जनाको समुह बसेर रक्सी खाएको र सामान्य विवाद भएको बताइएको छ।

राईको परिवार बेलायतमा छ। लकडाउनअघि नेपाल आएका उनी बेलायत फर्कन पाएका थिएनन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.