बाँकेमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

बाँकेमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङ  : बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ५ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.