भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

भैरहवा : अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।

मंगलबार  बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । 

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छुुु,' प्रजिअ पन्थले भने, 'जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।'

मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्। 

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।  

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। 

आइतबार (जेठ १८) गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गरेकी छन् । जेठ १७ गते बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देशन दिइसकेको छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.