कर तिर्ने म्याद असार १५ सम्म थपियो, कुन-कुन कर कहिलेसम्म तिर्न सकिन्छ ?

कर तिर्ने म्याद असार १५ सम्म थपियो, कुन-कुन कर कहिलेसम्म तिर्न सकिन्छ ?

काठमाडौं : सरकारले करदातालाई कर तिर्न दिएको म्याद थप गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै असारको १५ गतेसम्म कर बुझाउन भनेको छ। मंगलबार विभागले जेठसम्म कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि करदाताले विरोध गरेका थिए। सरकारले लकडाउन नखुलाएपछि कर तिर्न नसकिने भन्दै उनीहरु आक्रोशित बनेका थिए। 

नयाँ सूचना अनुसार करदाताले चैतमा बुझाउनुपर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्नेछ। मूल्य अभिवृद्धि करको हकमा फागुन, चैत्र र २०७७ वैशाख महिनाको मासिक कर विवरण, माघ-फागुन र चैत २०७७ वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ।

भ्याट फिर्ताको लागि कर फिर्ताको निवेदन दिन पाउने अवधिलकडाउन कै बखत समाप्त भएमा असार ७ सम्म बुझाउनुपर्ने हुन्छ। फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद  ७ गतेसम्म छ।

फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म राखिएको छ।

फागुन, चैत र वैशाखको शिक्षा सेवा शुल्क,टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर बुझाउने म्याद पनि असार ७ गतेसम्म छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.