प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षसहित तीन पक्राउ

प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षसहित तीन पक्राउ

रुकुम : रुकुम पश्चिममा प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसीसहित सोही वडाका राजन केसी र खिलराज गिरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। मंगलबार राती वडाध्यक्ष केसीको नेतृत्वमा स्थानीय युवाले नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका थिए।

चौकीमा ६ जना मात्रै प्रहरी कार्यरत रहेको र प्राप्त हतियारसमेत नभएका कारण चौकी तोडफोड गर्दा वडाध्यक्ष केसीलगायत अरुलाई पक्राउ गर्न सकेको थिएन। अत्याधिक मदिरा सेवन गरेर मोटरसाइकलमा आएका वडाध्यक्ष केसीले चेकजाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै तोडफोड सुरु गरेका थिए। त्यसै क्रममा २०/२५ जना युवा आएर प्रहरी चौकी तोडफोड गरेको चौकी इन्चार्ज सहायक प्रहरी निरीक्षक धनबहादुर साउदले जानकारी दिए।

स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएको उनले बताए। उनकाअनुसार मदिरा सेवन गरेका वडाध्यक्षलगायत स्थानीय युवाले चौकीमा रहेका कुर्सी गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा समेत गरेका थिए। घटनालगत्तै फरार रहेको वडाध्यक्ष केसीलाई बुधबार साँझ गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले जानकारी दिए। चौकी तोडफोडमा संलग्न वडाध्यक्ष केसीलगायत अन्यविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी दश दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.