दाङमा एकै दिन थपिए १५ कोरोना संक्रमित

दाङमा एकै दिन थपिए १५ कोरोना संक्रमित

दाङ : दाङमा एकै दिन १५ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सार्वजनिक गरेको पीसीआर परीक्षण रिपोर्टमा चार पालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका, बंगलाचुली, राजपुर र बबई गाउँपालिकाका १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।  घोराही उपमहानगरपालिका वडा नं २ र ९ का ५ जना, बंगलाचुली गाउँपालिका वडा नं ३ र ४का ६ जना, राजपुर गाउँपालिकाका वडा नं २,३,४ का ३ जना र बबई गाउँपालिका ५ का एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै १६ वर्षदेखि ३६ वर्षसम्म उमेर समूहका छन्। १५ जना संक्रमितमध्ये १ जना महिला छिन्। उनीहरु सबै पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको बुझिएको छ ।

बिहीबार ४ सय ८७ जनाको गरिएको पीसीआर परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ। योसहित दाङमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.