स्वास्थ्य विभागका महानिर्देशक श्रेष्ठको सरुवा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठको सरुवा गरेको छ । चीनबाट स्वास्थ्य समाग्री खरिद विवादमा मुछिएका महानिर्देशक श्रेष्ठलाई मन्त्रालय तानिएको छ भने उनको ठाउँमा डा. दिपेन्द्ररमणसिंहलाई विभागको महानिर्देशक बनाइएको छ ।
एक हप्ताअगाडि मात्रै स्वास्थ्य सामग्री खरिदमा मुछिएका स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाको प्रधानमन्त्री कार्यालयमा तानिएको थियो । श्रेष्ठका साथै आपूर्ति महाशाखा विभागका प्रमुख डा.भोगेन्द्रराज डोटेलको पनि सरुवा भएको छ । डोटेलको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा. रमेश खरेललाई लगिएको छ ।
मन्त्रालयले परोपकार प्रसूति गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि सरुवा गरिएको छ । गौतमको ठाउँमा ठाउँमा डा. संगीता कौशललाई लगिएको छ।