उद्योग वाणिज्य संघको एम्बुलेन्समा ब्राउनसुगर ओसारपसार, तीन जना पक्राउ

उद्योग वाणिज्य संघको एम्बुलेन्समा ब्राउनसुगर ओसारपसार, तीन जना पक्राउ

दाङ : तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागुऔषध ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राति चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको  छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निवासी २३ वर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका-५ निवासी १७ वर्षकी दिपा थापा रहेका छन्।

उनीहरूको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको  छ। उनीहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको खुल्न आएको छ। ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख शिवबहादुर सिंहले लागुऔषधसहित एम्बुलेन्स समातिएको बताए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिएको सिंहले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.