आरडीटी नेगेटिभ देखिएका युवाको पीसीआर रिपोर्ट 'पोजिटिभ'

आरडीटी नेगेटिभ देखिएका युवाको पीसीआर रिपोर्ट 'पोजिटिभ'

बझाङ : बझाङमा आरडीटी नेगेटिभ देखिएका एकजना युवामा कोराना संक्रमणको पुष्टि भएको छ । जेठको दोस्रो साता भारतको दिल्लीबाट आएर सुनकुडा मावीको क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिका-७ का २६ वर्षीय युवकमा कोराना संक्रमण पुष्टि भएको हो।

बिहीबार प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा पोजिटिभ देखिएको जिल्ला अस्पताल बझाङका प्रमुख सन्दीप ओखेडाले जानकारी दिए। उनीसँगै भारतबाट आएका उनकी श्रीमती र छोरामा आरडीटी पोजिटिभ देखिए पनि पीसीआर रिपोर्ट  भने नेगेटिभ देखिएको छ।

कोरोना संक्रमण पुष्टि भएका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख डा. ओखेडाले जानकारी दिए।आरडीटी परीक्षणको रिपोर्ट गलत आउन थालेपछि जिल्लामा कोरोना भाइरसको उच्च जोखिम बढेको छ।

जिल्लाभित्र पीसीआर परीक्षण गर्नुपर्ने व्यक्ति धेरै छन्।सुनकुडा मावी क्यारेन्टाइनमा रहेका युवामा कोरोना पुष्ट‍ि भए‍पछि त्यहाँ रहेका अन्य मानिस र  संक्रमित युवासँग भारतबाट आएकाको  थप परीक्षण गरिने भएको छ।

हालसम्म १३ सय ९४ जनाको आरडीटी परीक्षण गरिएको छ भने २ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ।  जिल्लाका एक सय ६९ क्वारेन्टाइनमा ३ हजार दुईजना रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.