पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी कटौती गरेकाे छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाएको हो। त्यस्तै  खाना पकाउने ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको छ, भने हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । 

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर  १९२ रुपैयाँ ५० पैसादेखि १९५ कायम भएको छ । यसअघि  पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसादेखि २१७ र डिजेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसादेखि २२५ रुपैयाँ थियो ।

त्यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) ग्यास अब २०६० मा पाइनेछ भने आधा भरिएको सिलिन्डर (७.१ केजी) को १ हजार ३० रुपैयाँ कायम भएको छ । यसअघि पुरा ग्यासकाे मूल्य रु २१६० र आधा ग्यासकाे मूल्य रु १ हजार ८० थियो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो मूल्य तोकिएको निगमले जनाएको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.