सेयर बजारमा फेरि गिरावट : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

सेयर बजारमा फेरि गिरावट : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो
सुन्नुहोस्

काठमाडौं : दुई कारोबार दिन (सोमबार र मंगलबार) सकारात्मक देखिएको सेयर बजार बुधबार फेरि नकारात्मक देखिएको छ। यसदिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा अडिएको छ।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार परिसूचक  ४१.७० अंकले वृद्धि भएको थियो। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको थियो।

यसदिन नेप्से घटेसँगै कारोबार रकममा पनि मंगलबारको तुलनामा कमी आएको छ।  ३४६ वटा स्क्रिप्सको १ करोड १३ लाख  ६२ हजार  ४६५ कित्ता सेयर ५ अर्ब  १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँमा खरिदबिक्री भए।

आज एभरेष्ट कलर लिमिटेडको सेयर १४.९९ प्रतिशतले बढ्दा बंगल हाइड्रोपावरको १०.५० र साल्पा विकास बैंकको ५.९२ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४२ करोड मूल्य बराबरको कारोबार गर्यो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २८ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ्गस मिल्सले २६ करोड,आँखु खोला जलविद्युतले २३ करोड र नेसनल हाइड्रोपावरले १५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ७७ वटा स्टक्सको मूल्य बढ्दा १९३ वटाको घट्यो। ७ वटा स्टकको मूल्य भने स्थिर रह्यो। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.६० अंकले घट्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.