रास्वपाले गठन गर्‍यो तीन आयोग, कुनको जिम्मेवारी कसलाई ?

रास्वपाले गठन गर्‍यो तीन आयोग, कुनको जिम्मेवारी कसलाई ?
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ । महाधिवेशनपछि पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए । त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्व न्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनित गरिएको महामन्त्री आचार्यले जानकारी दिए ।

बैठकमा अन्य पदाधिकारीको मनोनयनको बिषयका कुनै छलफल नभएको उनले बताए । बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले, सभापतिको निर्देशन र तयारी अनुसार आगामी बैठकहरुबाट अघि बढ्ने उनको भनाइ छ । साथै बैठकले पहिलो महाधिवेशनलार्ई सफल पार्न सहयोग गर्ने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मीलगायत सवैलाई धन्यवाद प्रस्ताव पारित गरेको महामन्त्री आचार्यले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.