भारतबाट चितवन आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

भारतबाट चितवन आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

चितवन : भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ। माडी नगरपालिकाको क्यारेन्टाइनमा बसेका २७ वर्षीय युवाको शनिबार बिहान भरतपुर अस्पतालको कोभिड आइसीयूमा मृत्यु भएको  भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा.श्रीराम तिवारीले जानकारी दिए।

उनलाई ज्वरो आएपछि शुक्रबार साँझ भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना  गरिएको थियो ।  

ढाडको हड्डी भाँचिएको र खुट्टा नचल्ने समस्याका उपचार गराउन भारत गएका उनी दुई साताअघि मात्रै नेपाल आएका थिए ।  

 ‘राति सामान्य ज्वरो मात्रै आएको थियो, बिहान आठ बजेसम्म ज्वरो, ब्लड प्रेसर र अक्सिजन ठिक थियो ’ डा. श्रीराम तिवारीले भने ‘ एक घण्टापछि सास फेर्न गारो भएर आइसियूको भेन्टिलेटरमा राख्दा मृत्यु भएको हो’ । कोरोनाको शंका गरेर उनको स्वाब परिक्षण गरिएको छ । रिपोर्ट साँझसम्म आउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.