बागलुङमा थप १० जनामा कोरोना, संक्रमित संख्या २९ पुग्यो

बागलुङमा थप १० जनामा कोरोना, संक्रमित संख्या २९ पुग्यो

बागलुङ : बागलुङ थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आइतबार बिहानै जिल्लाको बडिगाड गाउँपालिकाका ९ र ढोरपाटन नगपालिकामा १ गरी १० जनामा कोरोना पुष्टि भएको हो। 

बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र एक जनाको उमेर नखुलेको पुरुष तथा ढोरपाटन नगरपालिकाका २६ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए  । 

आइतबार ठुलो संख्या थपिएसँगै बागलुङ जिल्लामा मात्रै संक्रमितको संख्या २९ पुगेको छ। संक्रमित हुनेहरु सबै भारतबाट आएका मात्र छन्। बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् भने अन्य १७ जनाको धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। 

जिल्लामा सबैभन्दा बढी बडिगाड गाउँपालिकामा १५ जना संक्रमित देखिएका छन्। तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ३, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ। 

नयाँ संक्रमण पुष्टि भएकाहरुलाई सदरमुकामस्थित धौलागिरी अस्पताल ल्याउने या स्थानीय तहमै व्यवस्थापन गर्ने भन्ने विषय टुङ्गो नलागेको जिल्ला कमाण्ड पोस्ट बागलुङका प्रमुख गौलोचन शैजुले बताए। ‘धौलागिरी अस्पतालमा २४ बेडको भएकाले अब सबैलाई यहाँ लिएर राख्न कठिन हुने अवस्था छ,’ प्रमुख जिल्ला अधिकारी शैजुले भने, ‘हामीले स्थानीय तहलाई आइसोलेसन उतै व्यवस्थापन गर्ने तयारीमा पनि राखेका छौ, हामी छलफल र समन्वय गरिरहेका छौं, केहि समयमा टुंगो लगाउछौ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.