डोटीमा क्वारेन्टाइनमै युवाको मृत्यु
डोटी : डोटीको माक्वारेण्टाइनमै एक युवकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. ३ स्थित सिताराम आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बस्दै आएका १९ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको हो।
केआईसिंह गाउँपालिका वडा नं. ३ दल्ल घर भएका उनको बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी लामो समयदेखि मुटुको रोगी भएको बोहराले बताए । भारतको दिल्लीबाट उनी जेठ २० गते आएर क्वारेन्टाइनमा बसेका थिए।
धेरै वर्ष पहिलेदेखि आफ्नो छोरा मुटुको बिरामी रहेको र पटक–पटक उपचार समेत गरिएको मृतकका बुबाले जानकारी दिए । ‘पहिले पनि कहिले काहिँ एक्कासी बेहोस हुने गर्थ्यो ।’ उनका बुबाले भने । आइतबार बिहान पनि एक्कासी ढलेर मुर्छित भइ मृत्यु भएको उनले जानकारी दिए।
मृतकको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले बताए।
प्रतिक्रिया दिनुहोस !