दाङमा दुई र रोल्पाका तीनजनामा कोरोना संक्रमण

दाङमा दुई र रोल्पाका तीनजनामा कोरोना संक्रमण

दाङ : दाङमा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । आइतबार मात्रै दाङमा दुईजना नयाँ संक्रमितको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९का २४ वर्षीय र लमही नगरपालिका ५का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो । यो सहित दाङमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ ।

रोल्पामा पनि पुग्यो कोरोना

रोल्पामा पहिलो पटक कोरोना पुष्टि भएको छ । प्रदेश नं ५ को रोल्पामा अहिलेसम्म कोरोना पोजिटिभ देखिएको थिएन । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुलील स्मृती गाउँपालिकाका दुईजनामा कोरोजा पोजिटिभ देखिएको छ ।

भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजना गरी तीनजनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ । 

कोरोना संक्रमण भएका २०,२२ र २७ वर्षका पुरुष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.