कोरोना जित्नेको संख्या ४६७ पुग्यो, क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना
काठमाडौं : थप १०२ जना कोरोना भाइस संक्रमण (कोभिड-१९ ) जितेर डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या ४६७ पुगेको छ। जसमध्ये कोरोना जित्नेमा पुरुष ३९९ र महिला ६८ जना रहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका शुक्रबार १०२ जनाले कोरोना जितेर फर्किएको जानकारी दिए।
धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। उनीरु १० औं दिनमा डिस्चार्ज भएका हुन्। यस्तै बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए।
यस्तै शुक्रबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोग शालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।२०९ जना पुरुष र ४ जना महिला छन्।
हालसम्म पीसीआर विधिबाट ९६ हजार २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।
क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन्। ४६७ जना डिस्चार्ज भएका छन्। १३ जनाको मृत्यु भइसकेको छ। ७१ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ।