चितवनमा दुई चिकित्सकसहित २० जनामा कोराना संक्रमण
चितवन : चितवनका २० जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको छ । दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
माडी नगरपालिकाका ६ जना, भरतपुर महानगरपालिकाका ४ जना, क्यान्सर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा भर्ना भएका २ जना रहेका छन । त्यस्तै नारायणी सामुदायिक अस्पतालमा एकजना चिकित्सकसहित ३ जना संक्रमित रहेका छन् । यी मध्ये एकजनाको अवस्था गम्भीर रहेकाले आइसीयुमा राखिएको छ ।
केही समयपछि सार्वजनिक गर्ने तयारी गरेको भरतपुर अस्पतालले जनाएको छ। माडी र भरतपुरको क्वारेन्टाइन तथा अस्पतालमा उपचाररत बिरामीमा संक्रमण देखिएको छ । ३ जना नवलपुरका रहेको जनाएको छ।