रुकुम घटनाका सबै आरोपी पक्राउ

रुकुम घटनाका सबै आरोपी पक्राउ

रुकुम : रुकुम पश्चिमको चौरजहारी घटनाका २८ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले चौरजहारी नगरपालिका–८ का २४ वर्षीय सर्वजित भन्ने सविन पुन, २० वर्षीय विष्णु मल्ल र २१ वर्षीय घमण्ड मल्ललाई बुधबार राति गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न सबै आरोपी पक्राउ परेका छन्।

नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित यसअघि २६ जनालाई पक्राउ गरेको प्रहरीले बाँकी दुई जना फरार रहेका व्यक्तिलाई पनि बुधबार राति पक्राउ गरेसँगै घटनामा संलग्न सबैलाई पक्राउ गरिएको डिएसपी केसीले बताए। गत जेठ १० गते चौरजहारीमा प्रेम बिहेका लागि केटी लिन आएको जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित ६ जनाको हत्या भएको थियो। उक्त घटनामा दोषी रहेको भन्दै पीडित परिवारले किटानी जाहेरी दर्ता गराएका थिए।

अन्तरजातिय सम्बन्धका कारण केटी लिन आएका युवालाई हत्या गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

जाजरकोट भेरी नगरपालिका–४ का नवराजसहित सोही ठाउँका गणेश बुढा मगर, सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टिकाराम नेपालीको भेरी नदीमा शव फेला परेको थियो। जातिय विभेदकै कारण बिहेका लागि केटी लिन आएका युवालाई कुटपिट गरी हत्या गरको भन्दै पीडित परिवारले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.