खबरदारी गर्दै शिल्पी

खबरदारी गर्दै शिल्पी

काठमाडौं : फलामे रडमा बसेर काम गर्दै गरेको एक मजदुर जस्तो देखिने युवक। वरिपरि छरिएका छन् केही पर्चा। पर्चामा कुनैमा जातीय विभेद र हिंसा लेखिएको छ। कुनैमा १० अर्ब खै, कुनैमा सरकारी विलासिता र खर्च त कुनैमा किसानको बिजोग, बलात्कार र हत्यालगायत लेखिएको छ। हातमा केही पर्चा बोकेको युवक फलामको काम गर्देै छ। ऊ पालैपालो पर्चा उचालेर पढ्दै कुनै चपाएर निल्छ त कुनै कच्याककुचुक पारेर फाल्छ। यस्तो लाग्छ निकै दिनदेखि निरास भएको मजदुर सरकारसँग एकएक प्रश्नको हिसाब माग्दैछ।

शिल्पी थिएटर बत्तीसपुतलीका कलाकार सरकारका गतिविधिको निरन्तर खबरदारीमा जुटिरहेका छन्। कोरोना त्रासका बीच कलाकारहरू घरभित्रेै थपिएको अवस्थामा पनि रंगकर्मीहरू अभिनयमा जुटिरहेका छन्। कहिले मुखमा माक्स लगाएर बीच सडकमा नाटक प्रदर्शन गर्छन् त कहिले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेर सक्रियता देखाइरहेका छन्। बुधबारबाट एउटा भिडियो सार्वजनिक गर्दै उनीहरूले सरकारीबाट भएका कमी कमजोरीमाथि सबाल उठाएका छन्।

थिएटरका निर्देशक युवराज घिमिरेका अनुसार लकडाउन सुरु हुनुअघि नै देशमा विभिन्न समस्या देखिएकै थिए। भ्रष्टाचार बेथिति, हिंसा, अपराधीले दण्ड नपाउने समस्या, लकडाउनको समयमा पनि शासक विलासितामा हिँडिरहने, निराशाले आत्महत्या धेरै बढ्ने, गरिब मजदुर भोकै मर्नुपर्ने अवस्थालगायतका विविध समस्या झन् बढे। लकडाउनमा भए पनि भ्रष्टाचार र बेथितिविरुद्ध बोल्नुपर्छ भन्ने लाग्यो। प्रधानमन्त्रीले नै भ्रष्टाचारको कुरा उठाउने बेला होइन भनेर भ्रष्टाचारलाई ढाकछोप गरिरहेको बेलामा स्वाभिमानी कलाकारले यो सब हेरेर बस्न सकेनन्। अनि जसरी भए पनि केही आवाज बुलन्द पार्न सरकारलाई खबरदारी गरिएको हो।

‘लामो समय कलाकारहरू घरभित्र हुँदा उनीहरूमा नैराश्यता आउन थाल्यो, थिएटरमा नाटक मञ्चन गर्न नसक्ने अवस्था र नाटक बनाइहाले पनि दर्शक थिएटर पुग्न नसक्ने अवस्थामा अभिव्यक्तिको विकल्प स्वरूप यो कार्यक्रम सुरु गरिएको हो’, निर्देशक घिमिरेले भने, ‘कोही न कोही कलाकार त बाहिर आउनु पर्‍यो। कलात्मक अभिव्यक्ति दिनु पर्‍यो। सुरक्षित तरिकाले दैनिक काममा फर्कने वातावरण हुनुपर्छ। लकडाउन मात्रै समाधान होइन भनेरै थिएटरका कलाकारहरू खबरदारीमा निस्किएका हुन्।’

हरेक दिन केही न केही नयाँ माध्यमबाट प्रतीकात्मक कदम चाल्ने घिमिरेले जानकारी दिए। कहिले इन्स्टलेसन आर्ट मार्फत त कहिले पर्फमेन्स आर्ट मार्फत सरकारसँग जवाफदेहिता खोज्ने आफूहरूको उद्देश्य रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.