महाकाली अस्पतालमा कोरोना अस्पताल सञ्‍चालन

महाकाली अस्पतालमा कोरोना अस्पताल सञ्‍चालन

महेन्ल्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल परिसरमा निर्माण कोरोना अस्पताल शुक्रबारबाट संचालनमा आएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ५० शैयाको उक्त अस्पताल उद्घाटन गरेका हुन्।अस्पतालको उद्घाटन गर्दै मन्त्री सुवेदीले कोरोना अस्पतालले महाकाली अस्पतालमा कोरोना उपचारको लागि थप सहयोग पुग्ने बताए ।

'कोरोनाबाट डराउनुभन्दा संक्रमितको मनोबल बढाउनु उत्तम हो, 'उनले भने, 'अस्पताललाई थप सेवा सुविधा प्रदान गर्न प्रदेश सरकार तयार छ।' उनले अहिलेको अवस्था जटिल रहेकाले सबैले सहयोग गरे रोनालाई परास्त गर्न सकिने बताए । 

महाकाली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले महाकाली अस्पतालमा पीसीआर मेसिन जडान सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए । 'मेसिनका लागि आवश्यक अन्य उपकरणमा पनि धेरै खर्च आउने हामीले अनुमान गरेका छौं, मुख्य कुरा प्रयोगशालामा आवश्यक जनशक्ति हो, 'उनले भने, 'अस्पतालमा भएको जनशक्ति कोरोना उपचारमा लागे अन्य सेवा प्रभावित हुन्छ।'

उनले पीसीआर विधिबाट परीक्षण गर्न अपरिहार्य रहेको बताउँदै यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराउनुपर्ने बताए। महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालले थप एम्बुलेन्स र शव वाहन ल्याउने तयारी गरिरहेको बताए । उनले अस्पतालले थप आइसोलेसन वेड समेत बढाउँदै लगेको जानकारी दिए ।

९२ लाख ५४ हजारमा विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो । महाकाली अस्पतालले नयाँ संक्रमित भएर आउने बिरामीले नवनिर्मित भवनमा राखिने जनाएको छ। हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना संक्रमित उपचारत रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.