जनप्रतिनिधिकै आडमा खोला दोहन, विरोध गर्दा ज्यान मार्ने धम्की

जनप्रतिनिधिकै आडमा खोला दोहन, विरोध गर्दा ज्यान मार्ने धम्की

दाङ : दाङमा लकडाउनको समयमा स्थानीय जनप्रतिनिधिकै अगुवाई र संरक्षणमा नदी तथा खोला दोहन भइरहेका छन्। दाङका विभिन्न नदी तथा खोलाको नदीजन्य वस्तु उत्खनन्मा यस्तो अवस्था देखिएको हो । तुलसीपुर, दंगशिरण लगायतका क्षेत्रमा रहेका खोला तथा नदीहरुमा अवैधरुपमा उत्खनन‍् भइरहेका छन् । यसमा जनप्रतिनिधिकै मिलेमतो रहेको स्थानीयको आरोप छ।

दंगीशरण गाउँपालिका ६ र २मा पर्ने थपगाउँ क्षेत्रमा रहेको बबई नदीमा अनाधीकृत रुपमा उत्खनन‍् हुँदा गत वर्ष बनाइएको १० करोडको तटबन्ध समेत संकटमा परेको छ । तटबन्ध नजिकैबाट र नदीको बीचबाट अनाधिकृत रुपमा गरिएको उत्खनन‍्ले सयौं विगाह खेतीयोग्य जमिन र तटबन्ध संकटमा परेको भन्दै स्थानीयले उत्खनन‍्को विरोध गरेका छन्।

अनाधिकृत रुपमा जनप्रतिनिधिहरुकै अगुवाई नदी दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन् । नदी क्षेत्रमा ठूला-ठूला उत्खनन् खाडरहरु परेका छन् । उत्खनन् नगरभन्दा र उत्खनन् भएपछि विरोध गर्दा तस्करले ज्यान मार्ने थम्की समेत दिने गरेको आरोप स्थानीयको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष वीरबहादुर वलीले नीति अनुसार नै उत्खनन‍् भएको बताए। उनले गाउँपालिकाले टेन्डर गरेर  र अमानत गरेर जिम्मा दिएको बताए । स्थानीयले भने टेन्डर भएको स्थान केहीमाथि भएको तर उत्खनन‍् अर्का ठाउँमा गरिएको बताए ।  

'हामीले पटकपटक तटबन्ध बचाउन आग्रह गरेका छौं, उनीहरुले सुनेका छैनन‍् स्थानीय दिप योगीले भने,' जनप्रतिनिधिको आडमा र संरक्षणमा अनाधिकृत उत्खननन‍् भइरहेको छ । उनले उत्खनन‍्को जिम्मा लिनेपनि वडा अध्यक्षकै छोराहरु रहेको भन्दै अनाधिकृत उत्खनन‍् नगर भन्दा ज्यान मार्ने धम्की दिने गरेको बताए ।

स्थानीय सरकारका जनप्रतिनिधिकै संरक्षण र अगुवाईमा उत्खनन‍् भइरहेको उनको आरोप छ। सामुदायिक वन पनि जोखिममा रहेको छ ।  उत्खनन‍् क्षेत्रमा दैनिक दुईवटा स्काभेटर, ७ वटा टिपर र ३ वटा ट्याक्टर दिनरात उत्खनन् गरिरहेका छन् । त्यो क्षेत्रमा दुई सय विगाह खेतीयोग्य जमिन छ । 

यहाँबाट दैनिक १ लाख ४० हजारसम्म राजस्व ठेकेदारले संकलन गर्ने गरेको स्थानीय जयबहादुर वलीले बताए । विकास निर्माणमा प्रयोग गर्ने गाउँपालिकाले भने पनि अहिले क्रसर उद्योगमा निकासी हुने गरेको स्थानीय गोविन्द आचार्यले बताए ।  

दंगीशण गाउँपालिकामा मात्रै नभएर तुलसीपुरलगायतका क्षेत्रमा पनि यो अवस्था उस्तै छ । तुलसीपुर उपमहानगरपालिकाको ग्वार खोला क्षेत्रमा पनि अनाधिकृत रुपमा उत्खनन‍् भइरहेको पाइएको छ । नियमविपरित नदीजन्य वस्तुको उत्खनन‍् गरिएको छ । तुलसीपुरका हरीपौरी, हरीपौरा, रझेनी, गनारी, बाँसबोटलगायतका क्षेत्रमा उत्खनन‍् बढी छ।

अनाधिकृत उत्खनन‍्ले सिंचाइ कुलोको मुहानमै समस्या परेको स्थानीयले बताए।यहाँ पनि तुलसीपुर उपमहानगपालिकाका जनप्रतिनिधिकै संरक्षणमा जबरजस्ती उत्खनन‍् भइरहेको किसानले दावी गर्दै आएका छन् ।

यहि विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तुलसीपुर उपमहानगरपालिकाका छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने बताएका छन् । उनले अनाधिकृत रुपमा कहिकतै नदीजन्य वस्तुको उत्खनन् भएमा त्यसलाई रोक्न र गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन पछि नहड्ने बताए । 

जिल्ला समन्वय समितिले पनि खोला दोहनमा चासो दिइरहेको छ । नियमितरुपमा अनुगमन गरेपनि त्यसको उपलब्धि भने देखिएको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.