भैरहवामा सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

भैरहवामा सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

भैरहवा : सरकारको काम प्रति असन्तुष्टि जनाउँदै भैरहवाका युवाले मौन प्रर्दशन गरेका छन् ।

राष्ट्रिय झण्डासहित स्वतस्र्फूत रुपमा उत्रिएका युवाले मौन रहेर पनि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण रुपमा प्रर्दशन गरेका उनीहरुले कुनै किसिमको नाराबाजी गरेनन् ।  
भैरहवाको बुद्धचोकबाट निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर भौतिक दुरी कायम गर्दै उनीहरु धर्नामा बसेका थिए । 

युवाले कोरोना संक्रमणको नाममा खर्च भएको १० अर्बको हिसाब माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । युवाले आरडीटी होइन सय प्रतिशत पीसीआर, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, यो लडार्इं होइन दबिएका आवाज हुन्, कर के का लागि ? आक्रोश होइन गुनासो हो, उसले त धोका दियो तर तिमी न देऊ सरकार, जनता भोकै मर्दैछन्, सरकार के गर्दैछ ? जस्ता नारा सहितका प्लेकार्ड लिएर प्रर्दशनमा उत्रिएका थिए ।

विभिन्न पालिकाहरुले निर्माण गरेका क्वारेन्टाइन नेपाल सरकारको मापदण्ड अनुसार नभएको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने युवाको माग छ । भैरहवा नागरिक समाजका अगुवा एवं बुद्धिजीवि विजय गोविन्द श्रेष्ठसमेत सहभागी थिए ।  युवाहरुको लाइनदेखि छुट्टै एक्लै सहभागी भएका उनल ‘गलैचा होइन सरकार फेरौँ सस्तो पर्छ’ उल्लेखित नारासहितको प्लेकार्ड बोकेका थिए ।
युवाहरुले पीसीआर दायरा बढाउन र महामारीको समयमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्वाभिमानको सुनिश्चितताको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.