थप ३ जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या ४३ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या ४३ पुग्यो

उदयपुर : उदयपुरमा शुक्रबार थप तीनजनामा कोरोना संक्रमण देखिएको छ। बेलका नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । 

संक्रमित सबैजना भारतबाट घर फर्किएका बेलकाबासी हुन् । दिल्लीको गोठगाउँबाट घर आएका वडा नंम्बर ९ का २२ र २६ वर्षीय युवा जेठ २२ गते सिरहाको खाँडो लौकी भन्सारबाट नेपाल भित्रिएको मेयर दुर्गाकुमार थापाले बताए । 

उनीहरुलाई आउनसाथ वडा नं ९ को सिटीहल क्वारेन्टाइनमा राखिएको उनले बताए । त्यस्तै भारतको मुम्बइबाट घर आएका वडा नं ६ का ३३ वर्षीय युवा सुनौली नाकाबाट जेठ १९ गते नेपाल प्रवेश गरेका हुन् । 
उनीलाई वडा नं ६ को मामफाङ्गटोलको सामुदायिक क्वारेन्टाइनमा राखिएको मेयर थापाले बताए । तीनैजनालाई नगरपालिकाले नेपाल भित्रिनासाथ उद्धार गरी नगरपालिकाको क्वारेन्टाइनमा राखेको उनले बताए । 

घर आउनेको संख्या बढ्न थालेपछि नगरपालिकाले सामुदायिक क्वारेन्टाइन स्थापना गरी राख्ने गरेको उनको भनाइ छ । गत २३ गते क्वारेन्टाइनमा रहेका ६७ जनाको स्वाब संकलन गरिएका मध्ये उनीहरुमा संक्रमण देखिएको हो ।

बेलकामा ५८ जना अहिले पनि क्वारेन्टाइनमा छन् । तीन दिनअघि नगरपालिकामा एक महिला र एक पुरुष गरी दुईजना संक्रमण देखिएको थियो ।उनीहरुको बिराटनगरस्थित कोरोना उपचार केन्द्रमा उपचार भइरहेको छ । योसँगै बेलका नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ५ पुगेको छ । 

त्यसैगरी सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ३५ जना पुगेको छ । ३५ मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै चौदण्डीगढी, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १÷१ जना यसअघि नै संक्रमित पुष्टि भईसकेका छन् ।
 
निको हुनेको संख्या बढ्यो

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरीमस्जिद क्षेत्रमा वैशाख ५ गते एकैसाथ १२ जनामा कोरोना पुष्टि पछि इपिसेन्टर बनेको उदयपुरमा उपचारपछि निको भएर फर्कनेको संख्या बढिरहेको छ । 

हालसम्म ४३ जनामा कोरोना संक्रमण देखिएको मध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । सबैजना त्रियुगा नगरपालिकाका हुन् ।  नगरपालिकाको वडानं ११ का एक पत्रकार र बाँकी ३२ जना वडा नं ३ भुल्केका हुन् । तीन पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर फर्काइएको थियो ।

निको भएर फर्किएका उनीहरुलाई नगरपालिकाले पुनः एक हप्तासम्म क्वारेन्टाइनमा राखेर घर पठाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.