रामेछापमा बोलेरो दुर्घटना : दुई जना घाइते, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

रामेछापमा बोलेरो दुर्घटना : दुई जना घाइते, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं : रामेछाप जिल्लामा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन्। आइतबार बिहान पौने ९ बजेतिर सुनापति गाउँपालिका-४ लोप्राङमा बा १४ च १६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक र अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार सुनापति गाउँपालिका-४ बेथानका करिब ४० वर्षीय चालक कल्याण खत्री र १४ वर्षीय रविन खत्री घाइते भएका छन्। पौडेलले चालकको अवस्था गम्भीर रहेको बताए। उनले भने, 'चालकको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेकाले  हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको र युवकको खुट्टामा चोट लागेकाले एम्बुलेन्समार्फत काठमाडौं पठाइसकिएको छ।'

लोप्राङबाट बेथान जाँदै गरेको बोलेरो सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। बुलेरोमा २ जनामात्र सवार थिए।  प्रहरीले दुर्घटना कसरी हुन पुग्यो भन्ने सम्बन्धमा अनुसन्धान थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.