लकडाउनमा ६ छोटा फिल्म

लकडाउनमा ६ छोटा फिल्म

पोखरा : लकडाउनका कारण फिल्म बन्न सकेको छैनन्। बनिसकेका फिल्म पनि चल्न पाएका छैनन्। कलाकार फुर्सदिला छन्, निर्देशक बेरोजगार। पोखराको नेत्र इन्टरटेनमेन्टले भने लकडाउनकै समय सदुपयोग गरेर ६ वटा फिल्म बनाइसक्यो। सबै छोटा चलचित्र (सर्टमुभी) हुन्।

इन्टरटेनमेन्टले पछिल्लो समय बनाएको छोटो फिल्म ‘सत्कर्म’ शुक्रबार सार्वजनिक भएको छ। कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक भएको हो।

समाजमा अझै पनि राम्रा सोच र व्यवहार भएका मानिस छन् भन्ने सन्देश सत्कर्म फिल्मले दिन खोजेको निर्देशक नेत्र गुरुङले सुनाए। ‘लकडाउनको बेलामा समस्यामा परेका समूहलाई आफ्नै बलबुताले सहयोग गर्ने सहयोगी मनको कथा हो यो’, फिल्मका निर्देशक गुरुङले भने, ‘धेरै मानिसका लागि उदाहरण बनोस् भन्ने हेतुले यो फिल्म बनाएका हौं।’

लकडाउनपछि निरन्तर छोटो फिल्ममार्फत समाजका विभिन्न पाटा देखाउँदै आएको नेत्र इन्टरटेनमेन्टको यो छैटौं फिल्म हो। ‘यसअघि हामीले समाजमा पीडमा रहेका मानिसको कथालाई पस्केका थियौं’, निर्देशक गुरुङले भने, ‘तर समाजमा पीडामा मल्हम लगाउने मानिस पनि छन् भन्नका लागि यो फिल्म निर्माण गरेका हौं।’

‘सत्कर्म’ को मुख्य भूमिकामा रेम विक छन्। फिल्ममा उनीसँगै विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपूर्ण’, साधना शर्मा, सविता कर्माचार्य, भरत छन्त्याल, सविन गायकलगायतले अभिनय गरेका छन्।

‘यो भूमिकामा मैले वास्तविक केही त्यस्ता मनकारी र सहयोगी मनलाई आफ्नो चरित्रमार्फत देखाउन खोजेको छु’, फिल्मका मुख्य कलाकार रेम विकले भने, ‘समाजमा यस्ता राम्रा मान्छे अझै पनि छन् भन्ने सन्देश यो फिल्मले दिएको छ।’ फिल्मको प्रतिक्रियालाई लिएर आफू उत्साही भएको विकले बताए।

फिल्म प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन्। फिल्मको कथा निर्देशक नेत्र गुरुङले लेखेका हुन्। सम्पादन पनि उनैले गरेका छन्। फिल्मको निर्देशनमा भने रोहन नेपाली र भरत छन्त्यालले उनलाई ‘एसिस्ट’ गरेका छन्। फिल्ममा स्वर र संगीत जीवन सुनारको छ। पब्लिसिटी डिजाइनमा सविन गायक र ड्रोनमा विकास ताम्राकार छन्। कम्पनीले निर्माण गरेका फिल्म ‘लकडाउन’, ‘राहत’, ‘घर’, ‘बसाइँ’ र ‘नाम्लो’ सार्वजनिक भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.