इनरुवा बजारमा आगलागी : दुई पसल जले

इनरुवा बजारमा आगलागी : दुई पसल जले

इटहरी : सुनसरी सदरमुकाम इनरुवा १ मा रहेको मुख्य बजारमा आगलागी हुँदा दुई वटा पसल पूर्णरुपमा जलेका छन् । बजारमा रहेको हनुमान बस्त्रालयमा आइतबार बिहान लागेको आगोका कारण हनुमान बस्त्रालय र सिर्जना फाईनन्स जलेको हो । 

सँगै रहेको सप्तकोसी हार्डवेयरमा पनि केही क्षति पुगेको छ । ६ घण्टामा आगो नियन्त्रणमा आएको थियो । इनरुवा नगरपालिकासँग आफ्नो दमकल नहुँदा आगो नियन्त्रणमा आउन ढिलाइ भएको बताइएको छ ।

आगलागी नियन्त्रणमा लिन धरान, इटहरी, बराहक्षेत्र, दुहबी र मोरङको सुन्दर हरैचाका ६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरेका थिए । आगलागीको कारण र क्षतीबारे खुलिसकेको छैन् ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.