बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आत्महत्याको कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए । 

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। कम उमेरमै बलिउडमा स्थापित ३४ वर्षीय सुशान्तले ‘पिके’, ‘केदारनाथ’, ‘एमएस धोनी’, ‘छिचोरे’ लगायत फिल्ममा सक्रिय भमिकामा थिए । जी टिभीको चर्चित सिरियल ‘पवित्र रिस्ता’ मा सुशान्त आफ्नी पूर्वप्रेमिका अंकिता लोखन्डेसँग प्रमुख भूमिकामा थिए ।

पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आत्महत्या गरे त्यसको कारण खुलेको छैन । राजपुतको शवको पोष्टमार्टम रिर्पोट भने आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.