वैकल्पिक सिकाइ : होला त ६० लाखको पहुँच ?

वैकल्पिक सिकाइ : होला त ६० लाखको पहुँच ?

काठमाडौं : कोरोना भाइरस कारण विद्यालय जान नसकेका कक्षा एक देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर सरकारले सोमबार वैकल्पिक माध्यमबाट पढाइ शुरु गरेको छ। 

गत चैत ११ गतेदेखि सरकारले जारी गरेको मुलुकव्यापी लकडाउनका कारण सबै शैक्षिक संस्था बन्द छ । नियमित विद्यालय जान नसकेका विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउन नदिन वैकल्पिक माध्यमबाट पढाइ शुरु गरिएको हो ।

वैकल्पिक सिकाइ प्रविधिको घोषणाको शुभकामना सन्देश दिंदै प्रधानमन्त्री केपि शर्मा ओलीले सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे । उनले जोखिमको स्थिति आँकलन गरी यथासम्भव छिटो विद्यालयहरू पुनः सञ्चालन हुन समेत बताए । ‘विद्यालयहरू सञ्चालनमा आएसम्म आजबाट सुरू भएको वैकल्पिक सिकाइ प्रविधिले महत्वपूर्ण योगदान गर्ने विश्वास गरेको छु’ उनले भने ।

विद्यार्थीलाई कसरी सिकाउने भन्ने विषयमा लामो समयसम्म अलमल्लमा परेको मन्त्रालयले निर्देशिका जारी गरेर दैनिक पढाईको विकल्पमा चार वटा वैकल्पिक उपाय अपनाएको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तत्कालका लागि चार वटा तरिकाबाट विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरि असार १५ गतेसम्मको तालिका समेत सार्वजनिक गरेको छ । 

सोही तालिका अनुसार सोमबारदेखि पढाई समेत सुरु भइसकेको केन्द्रका उप महानिर्देशक (सहसचिव) विष्णु अधिकारीले जानकारी दिए । वैकल्पिक तरिका मध्ये कक्षा नौ र दशका विद्यार्थीलाई रेडियो नेपालबाट पढाइनेछ । यि विद्यार्थीको अनिवार्य ६ वटा विषय मात्र रेडियोबाट पढाइनेछ । त्यस्तै कक्षा १ देखि ८ सम्मका विद्यार्थीको पढाई नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट हुनेछ । कक्षा नौ र दशका विद्यार्थीलाई नेट टीभी तथा म्याक्स टीभीबाट हुनेछ। 

यी च्यानलहरुमा विहान सात बजेदेखि बेलुका सात बजेसम्म पढाई हुनेगरि तालिका निर्धारण गरिएको छ । केन्द्र आफैले पनि शैक्षिक सामग्री तयार गरेर आफ्नो वेभसाइट तथा युट्‍युब  च्यालनमा पनि अपलोड गरेको छ । यो सामग्रीको प्रयो गरेर पढ्न चाहने विद्यार्थीलाई तेश्रो विकल्प प्रयोगकर्ताको रुपमा वर्गीकरण गरिएको छ । यि तिनवटै माध्यमको पहुँच वाहिर रहेका विद्यार्थीलाई केन्द्रले तयार पारेको शैक्षिक सामग्री छापेर सम्बन्धित स्कुलले वितरण गर्नेछन् । यसवाहेक स्थानीय स्तरमा सञ्चालित एफएम रेडियोसंग सहकार्य गरेर सिकाइ क्रियालापलाई अघि बढाइने मन्त्रालयको तयारी छ ।

वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न सरकारले २५ करोड रुपैंया छुट्टयाएको छ ।यो कार्यक्रम कक्षा एकदेखि दस सम्मका करिव ६० लाख विद्यार्थीलाई लक्षित गरि सञ्चालन गरिएको हो। यसको प्रभावकारिता र पहुँचबारे विभिन्‍न कोणबाट बहस सुरु भएको छ।

शिक्षाविद्  विद्यानाथ कोइरालाले वैकल्पिक सिकाइ तत्कालको एउटा समाधान भए पनि यसको पहुँच र प्रभावबारे अध्ययन हुनुपर्ने बताए। उनले भने, 'अहिलेको प्रश्‍न भनेकै साठी लाख विद्यार्थी वैकल्पिक माध्यममा सामेल हुन सक्छन् कि सक्दैनन् भन्‍ने हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.