सुशान्तको हत्या आशंका

सुशान्तको हत्या आशंका

मुम्बई : आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्। उनको परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्। राजपुतका मामा आरसी सिंहले भनेका छन्, ‘उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यले यसको विरोध गरेका छौं, उनको हत्या भएको छ। प्रहरीले राम्रोसँग अनुसन्धान गरोस्।’ उनले आफ्नो भानिजले आत्महत्या गर्ने कुनै कारण नरहेको बताएका हुन्।

उता बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेजस्तो देखिएको बताएका छन्। सुशान्तको कुनै सुसाइड नोट फेला परेको छैन।

सुशान्तका स्वर्ण सपना

३४ वर्षको अल्पायुमा ज्यान फालेका सुशान्तले १४ सेप्टेम्बर २०१९ मा आफ्ना ५० सपनाको सूची ट्विटरमा पोस्ट गरेका थिए। उनले सपनाको सूची भएको पहिलो नम्बरमा आफूले हवाईजहाज उडाउन सिक्न चाहेको बताएका थिए। त्यस्तै आइरनम्यान ट्राएथलोनका लागि तयारी गर्नु, बायाँ हातले क्रिकेट म्याच खेल्ने चाहना, मोर्स कोड सिक्नु, बालबालिकालाई अन्तरिक्षबारे सिक्न मद्दत गर्नु, टेनिसका च्याम्पियनसँग खेल खेल्ने चाहना, फोर क्ल्याप पुसअप गर्नु आदि थिए।

त्यस्तै एक सातासम्म चन्द्रमा, मंगल, वृहस्पति र शनि ग्रहलाई उनीहरूको कक्षमा घुम्दै अवलोकन गर्नु, ब्लु होलमा पौडी खेल्नु, प्रकाशको तरंगको गुणलाई बुझ्ने एक प्रयोग डबल स्लिट एक्सपेरिमेन्टलाई एक पटक गरेर हेर्ने, कम्तीमा हजार रूख रोप्ने सुशान्तको सपना थियो। सुशान्तलाई उनको अभिनय र मुस्कानका लागि चिनिन्छ। तर उनको सपनाको सूची पढेपछि अन्तरिक्ष र ग्रहमा पनि उनको अत्यधिक रुचि रहेको थाहा हुन्छ।

आत्महत्याको बाटोमा अरू पनि
सुशान्तमात्रै होइन, कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनयता अरू भारतीय कलाकारले पनि आत्महत्या गरेका छन्।

आइतबार आत्महत्या गरेका कलाकार सुशान्त सिंह राजपुतका म्यानेजर दिशा सलियनले पनि केही दिनअघि एक घरको छतबाट हामफालेर आत्महत्या गरेकी थिइन्।

३२ वर्षीय टेलिभिजन अभिनेता मनमित ग्रेवालले गत महिना आत्महत्या गरेका थिए। ‘आदत से मजबुर’, ‘कुलदीपक’ जस्ता सिरियलमा काम गरेका उनले आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेका थिए। उनले आफूले केही काम नपाएको र पैसा सकिएका कारण तनावमा रहेको साथीहरूसँग बताउँदै आएका थिए।

क्राइम पेट्रोलबाट करिअर सुरु गरेकी सानो पर्दाकी अभिनेत्री प्रेक्षा मेहताले पनि लकडाउनकै बीचमा आत्महत्या गरिन्। गत महिना उनले इन्दौरस्थित आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। ‘मेरी दुर्गा’ र ‘लाल इस्क’जस्ता अन्य सिरियलमा उनले अभिनय गरेकी थिइन्। लामो समयसम्म काम नपाएको तनावका कारण उनले आत्महत्या गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.