हिरासतमा बाहुबली राम्या
मुम्बई : फिल्म बाहुबलीबाट अत्यधिक चर्चामा आएकी दक्षिण भारतकी चर्चित नायिका राम्या कृष्णननलाई प्रहरी हिरासतको चक्कर काट्नु परेको छ। समाचारअनुसार राम्या कृष्णनन आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा थिइन्। यात्राका क्रममा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोक्यो। कार खानतलासी गर्दा प्रहरीले एक सय चार बोतल रक्सी फेला पार्यो। त्यसपछि नायिका राम्या र उनका ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लियो।
स्रोतका अनुसार उनले निकै शान्त भएर आफ्नो कारको अनुसन्धानका लागि अनुमति दिएकी इिन्। लकडाउनको नियम उल्लंघन गरेका कारण प्रहरीले उनलाई हिरासतमा लिएको थियो। ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेसन पुर्याएपछि नायिका राम्याले जमानत पाइन्। उनी आफैंले आफ्नो ड्राइभरलाई हिरासतबाट बाहिर निकालेकी थिइन्। यद्यपि, यसबारे अभिनेत्रीको कुनै प्रतिक्रिया आएको छैन।