अमेरिकामा रोकिएका नेपाली जुन २३ र २५ तारिखमा आउँदै

अमेरिकामा रोकिएका नेपाली जुन २३ र २५ तारिखमा आउँदै

अमेरिका : कोरोना महामारीका कारण महिनौंदेखी अमेरिकामा रोकिएका नेपाली नागरिक अन्तत देश फर्किन पाउने भएका छन् । नेपाल सरकारको अनुमति अनुसार यही जुन महिनाको २३ र २५ तारिखका दिन अमेरिकाबाट नेपालका लागि चारवटा बिमान उड्नेछन् ।

अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार न्यूयोर्क, शिकागो, वासिंटनडिसी र टेक्सासको डालसबाट उडान हुनेछ । जुन २३ तारिखका दिन न्यूयोर्कबाट टर्किस एयरलाइन्स र सोही दिन वासिंटनडिसीबाट कतर एयरवेजले नेपालका लागि उडान भर्नेछन् । यसैगरी जुन २५ तारिखका दिन शिकागोबाट टर्किस एयरलाइन्स र सोही मितिमा डालसबाट कतार एयरवेजले नेपालका लागि प्रस्थान गर्नेछन् ।

सोमबार प्रेसबिज्ञप्ती जारी गर्दै वासिंटनडिसीमा रहेको नेपाली दूतावासले नेपाल फर्किने चाहना भएकाहरुले अनलाइन मार्फत फर्म भरेकाहरुको प्राथमिकताका आधारमा क्रम संख्या सूची सम्बन्धित बिमान कम्पनीलाई उपलब्ध गराइने जनाएको छ ।

तोकिएका बिमानमार्फत नेपाल फर्किनका लागि दूतावासले सम्बन्धित हवाई संस्थाले तोकेका आधिकारिक एजेन्सीको नम्बरमा सम्पर्क गर्न सुझाव दिँदै सम्पर्क नम्बर समेत राखि दिएको छ ।हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै यात्रुहरुले पीसीआर वा आरडिटी टेस्ट अनिवार्य गरेको हुनुपर्ने भनिएको छ । यस्तै नेपाल फर्किएपछि सरकारले तोकेको स्थानमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ । 

सरकारले तोकेको भाडा अनुसार अमेरिकाबाट नेपाल फर्किने यात्रुले टर्किस बिमान कम्पनीबाट फर्किँदा करसहित १५३७ अमेरिकी डलर तिर्नुपर्नेछ भने कतार एयरवेज कम्पनीबाट फर्किँदा करसहित १६ सय अमेरिकी डलर तिर्नुपर्नेछ । 

उडान सम्बन्धी विस्तृत बुझनका लागि दूवासमा सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै बिमान कम्पनीका बारेमा बुझनका लागि टर्किस एयरलाइन्सको काठमाडौंको कार्यलय नम्बर ४४३८३६३ मा र कतार एयरवेजको काठमाडौंको कार्यलय नम्बर ४४४०४६७ मा सम्पर्क गर्न सकिने जनाइएको छ । 

महिनौंदेखि अमेरिकामा रोकिएका नेपाली नागरिकले नेपाल सरकारका विभिन्न निकाय र अमेरिकामा रहेको राजदूतावासमा पटक पटक हारगुहार गरिहरेका थिए । उनीहरुले खर्च सकिन थालेको, भिषामा समेत समस्या आएको र नेपालमा परिवारको रेखदेख गर्नुपर्ने भन्दै सरकारसँग आग्रह गर्दै आएका थिए । 

नेपाल फर्किने निधो भएपछि उनीहरुमा खुसी छाएको छ । महिनौंदेखिअमेरिकामा रोकिएका नेपाली नागरिक शान्तराज बतासले अन्नपूर्णसँग भने, ढिलै भएपनि नेपाल फर्किने पक्का भयो खुसी छौं । अमेरिकामा रहेका केही नेपालीहरुले भने एकतर्फी भाडादर महंगो भएको गुनासो समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.