भैरहवाका मेयरले व्यपारीलाई धेरै कुरा नगर्नुस भनेपछि...

भैरहवाका मेयरले व्यपारीलाई धेरै कुरा नगर्नुस भनेपछि...

भैरहवा : लामो अवधिको लकडाउनले विरिक्त भएका उद्योगी व्यवसायीले लकडाउन खुकुलो भएपछि पूर्ण रुपमा उद्योग व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन्।

उद्योग व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्दै छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीका अगुवा र स्थानीय सिद्धार्थनगर नगरपालिका (भैरहवा) का प्रमुख हरिप्रसाद अधिकारीबीच मुखामुख भएपछि छलफल निष्कर्षविहीन टुंगिएको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने र उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले हाल आलोपालो रुपमा संचालन भइरहेको व्यवसाय व्यवहारिक नभएको भन्दै निरन्तर रुपमा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग राखेका थिए।

त्यस्तै उनीहरुले अन्य जिल्लामा मदिराजन्य उद्योग व्यवसाय संचालन रहेको र मदिरा जन्य उद्योगबाट अत्याधिक मात्रामा राजश्व संकलन हुने कारण मदिराजन्य उद्योग संचालन तथा विक्री वितरण खुला गर्न पनि माग गरेका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रदेशसभा सदस्य सन्तोष पाण्डे, रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापा, सशस्त्र प्रहरी प्रमुख तेजप्रसाद पोखरेल, नगर प्रमुख र व्यवसायीबीच छलफल हुँदाहुदै मेयरले व्यवसायीको माग अनुसार व्यपार संचालनको अनुमति दिन नसक्ने बताएका थिए।

अहिले पनि कोरोनाको त्रास कायमै रहेको र दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएकोले भिडभाड हुन नदिने गरी मात्र व्यवसाय संचालन गर्नुपर्ने उनको भनाइ थियो।

यता ३ महिनादेखि बन्द रहेको व्यवसाय निरन्तर संचालनमा नआए बैंक ऋणको ब्याज र किस्ता, कर्जा नविकरण कर, घरभाडालगायत बुझाउन कठिन हुने व्यवासयीको तर्क थियो।

मेयरले उद्योगी व्यासायीका अगुवालाई सबैको अगाडि औंला ठड्याएर अरु कुरा नगर्नुस भनेपछि जिल्ला प्रशासन कार्यालयमै बिबाद चर्किएको थियो। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले निरन्तर व्यवसाय संचालन गर्न नदिए दुई हजार बढी व्यवसायीलाई सडकमा उतार्ने चेतावनी दिए।

विवाद चर्किदै गएपछि रुपन्देहीका एसपी हेमकुमार थापाले व्यवसाय संचालनका लागि पुनः छलफल गरी छिनोफानो गर्ने भन्दै विवाद साम्य पार्दै बैठक निष्र्कषबिहीन भएको थियो। 

भैरहवाका मेयरसँग समय माग गरेको र व्यापार संचालनबारे निर्णय गरौँ भन्दा मेयरले समय नै नदिएको कारण समस्या परेको उनले बताए। उनले अब छिट्टै सरोकारवाला पक्ष बसेर यो बिषयलाई टुंग्याईने आश्वसन पाइएको बताए।

करिब ३ महिना प्रशासनको सहकार्यमा नै एक भई कोरोना विरुद्ध काम गरेको बताउदै उनले अब पनि प्रशासनकै अनुमती सहयोगमा दैनिक व्यवसाय सुचारु गर्न चाहेको प्रष्ट पारे। स्थानीय प्रशासनले र नगरपालिकाले सकारात्मक भूमिका नखेले स्वःस्फूर्त व्यवसाय संचालन गर्न बाध्य हुने अध्यक्ष न्यौपानेले बताए।

उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले गृहमन्त्रालयको परिपत्र अनुसार नियमित व्यवसाय संचालन गर्न र अन्य जिल्लामा मदिरा उद्योग व्यवसाय संचालन रहेकोले यहाँ पनि समन्वय गरेर अघि बढ्न चाहँदा मेयरले अन्त जे भएपनि आफ्नो नगरमा नहुने भनेपछि बैठक निष्कर्षबिहीन बनेको बताए। 

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक। तस्बिर : सलमान खान  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.