दाङमा सेनाका जवानमा कोरोना
दाङ : दाङमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण भएका पुष्टि भएको छ। दाङमा रहेको रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार भएको कोरोना परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको हो। उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ।
कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण सरेको अनुमान गरिएको छ। रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही–१८ नवलपुर निवासी ५९ वर्षीय एक पुरुषको उनीसहितको सहभागीतामा नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो।
सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ। शव व्यवस्थापनका खटिएका अन्यको भने रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाको रिपुमर्दन गणले जनाएको छ।