कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै कञ्‍चनपुरमा प्रदर्शन

कोरोना नियन्त्रणमा  सरकार गम्भीर नभएको भन्दै कञ्‍चनपुरमा प्रदर्शन

महेन्द्रनगर : बुधबार महेन्द्रनगरको मदन चोकमा सरकारलाई खबरदारी गर्दै कञ्चनपुरका युवाले शान्तीपूर्ण प्रदर्शन गरेका छन् ।कोरोना महामारीका बेला जनताको स्वास्थ्य र जीवनसँग खेलवाड गर्दै नेताहरुकै पारिश्रमिक बढाउनु दुःखद् भएको बताउँदै उनीहरुले सरकारलाई खबरदारी गरेका हुन् । 

स्वस्र्फुत रुपमा प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका युवाले क्वारेन्टाइनमा महिला बलात्कृत हुनु, कोरोनाबाट मर्नेको संख्यामध्ये अधिकांशको क्वारेन्टाइनमा बस्नेहरु हुनु र मरेपछि मात्रै पीसीआर परीक्षण गरिनु दुर्भाग्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रदर्शनमा सहभागी धिरज जोशीले भने, 'कोरोना संक्रमितको संख्या बढ्दै पीसीआर परीक्षणको दायरा बढाउनुको साटो हाम्रो प्रदेश सरकार नेताहरुको तलब भत्ता वृद्धि गर्नमा व्यवस्त छ।'

 
क्वारेन्टाइनबाटै संक्रमण फैलिरहेको स्मरण गराउँदै युवाहरुले सरकार गम्भीर नभएको आरोप लगाए । तत्काल सरकारले पीसीआर परीक्षणको दायर बढाएर नागरीकको स्वास्थ्य अधिकारको सुनिश्चित गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.