कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छन्- 'एउटै पीपीइ सेट १२ दिनसम्म धोएर लगाएँ'

कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छन्- 'एउटै पीपीइ सेट १२ दिनसम्म धोएर लगाएँ'

महेन्द्रनगर : कोरोना संक्रमित बिरामी अथवा सम्भावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले पीपीइ सेट लगाउने गर्छन्। एक पटक प्रयोग गरिसकेपछि त्यसलाई डिस्पोज गर्नुपर्ने हुन्छ । तर, कञ्चनपुरको लालझाडी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले भने एउटै पीपीइ सेट १२ दिनसम्म धोएर लगाएको बताए।

गत चैत्र अन्तिम सातादेखि गाउँपालिकाको क्वारेन्टाइनमा स्वाब संकलनमा खटिएका ती स्वास्थ्यकर्मीलाई गत ३१ गते कोरोना संक्रमणको पुष्टि भयो ।  जेठ २२ गते कोरोना परीक्षणका लागि आफ्नो स्वाब लिइ सेती प्रादेशिक प्रयोगशाला पठाउँदा कोरोना पोजिटिभ देखिएको ती स्वास्थ्यकर्मीले बताए । 

गाउँपालिकाको क्वारेन्टाइनमा स्वाब संकलनका लागि जाँदा पर्याप्त सुरक्षा सामग्री नहुँदा आफू संक्रमित हुन पुगेको स्वास्थ्यकर्मीको भनाइ छ । 'क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन गर्दागर्दै आफूलाई नै संक्रमण भयो, उनले भने,'सुरुमा पीपीई अभावका कारण एउटै पीपीइ सेट घरमा लगेर १२ दिनसम्म धोएर लगाए ।'

गाउँपालिकामा पीपीइ नहुँदा स्वाब संकलन गरेर घर फर्किँदा सधै पीपीइ धुने र अर्को दिन पनि पुनःसोही सेट प्रयोग गरी स्वाब संकलनमा खटिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । धोएरै १२ दिनसम्म लगाएको उक्त पीपीइ सेट नयाँ आएपछि मात्रै  डिस्पोजल गरियो ।उनले क्वारेन्टाइनमा दिनहुँ आरडीटी, स्वाब संकलन र तापक्रम मापनमा जाँदा डब्लुएचओको मापदण्ड अनुसारका स्वास्थ्य सामग्री नपाउँदा कोरोना लागेको दु:खेसो गरे । 

हरेक दिन बिहान ७ बजेदेखि बेलुकी अबेरसम्म यहाँका क्वारेन्टाइनमा खटिने गरेको कोरोना संक्रमण पुष्टिपछि होम क्वारेन्टाइनमा रहेका लालझाडी गाउँपालिका-२ कञ्जका ३२ वर्षीय संक्रमितले बताए ।

'स्वाब लिएको 9 दिनपछि मात्रै आफूलाई संक्रमण भएको थाहा पाए, उनले भने, 'दुई महिनाको अवधीमा पाँचवटा पीपीइ मात्रै पाएको थिए।' गाउँपालिकाको स्वास्थ्य शाखाबाटै एक पटक लगाएको पीपीइ धोएर पुनः लगाउन मिल्छ भनेपछि पहिलो पटक पाएको पीपीइ सेट १२ दिनसम्म लगाएको संक्रमित स्वास्थ्यकर्मीको भनाइ छ । अहिले होम क्वारेन्टाइनमा बसेर तातो पानी, अदुवा, गुर्जो लगायत खानेकुराको प्रयोग गरिरहेको उनले बताए ।

यसअघि कञ्चनपुरको पुर्नबास नगरपालिकामा दुईजना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको थियो । पूर्नवास नगरपालिकामा कार्यतर स्वास्थ्यकर्मी जनक धामी भने कोरोनालाई परास्त गरेर घर फर्किसकेका छन् ।गत चैत्रदेखि क्वारेन्टाइन र सीमानाकामा खटिएका धामीलाई कोरोना संक्रमण देखिएको थियो । 

फिल्डमा खटिदा सुरक्षा सामग्री नपाउँदा संक्रमित हुन पुगेको धामीको गुनासो छ । 'हामी विनासुरक्षा सामग्री फिल्डमा खटियौं, स्वास्थ्य सुरक्षा सामग्री नहुँदा नै संक्रमण भएको हो।' कोरोना परास्त गरेर घर फर्केका धामीले भने , 'भएका स्वास्थ्य सुरक्षा सामग्री पनि गुणस्तरीय थिएनन्।'

उनले राज्यले ग्रामीण भेगलाई बेवास्ता गरेको बताउँदै सहरी क्षेत्रमा रहेका ठूला अस्पतालमा मात्रै स्वास्थ्य सामग्री पठाएको बताए ।'गामीण भेगमा धेरै मान्छे भित्रिएका छन् यहाँ संक्रमण भएपछि मात्रै सहरका ठूला अस्पताल जान्छन्, उनले भने, 'हामी त सीमानाकामा स्वास्थ्य सुरक्षा सामग्रीबिनै ज्यान जोखिममा राखेर खटियौं।'
 
उनले सुरुवाति चरणमा नयाँ रोग भएकाले पनि केही प्राविधिक समस्या आएको बताए । लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले सुवाति चरणमा स्वास्थ्य सामग्रीको अभाव भएको बताए। 'स्वास्थ्य सामग्री नहुँदा एउटै पीपीइ सेटले काम चलाउनु परेको थियो,' उनले भने, 'अहिले त पर्याप्त मात्रामा स्वास्थ्य सामग्री छन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.