ऋचाको ‘चलचित्र टीभी’

ऋचाको ‘चलचित्र टीभी’

काठमाडौं : नायिका ऋचा शर्माले ‘चलचित्र टीभी’ नामक एप ल्याउँदै छिन्। असार १० गते यो एप सार्वजनिक गर्ने तयारी छ।ऋचाले अमेरिकामा रहेका केही लगानीकर्ताको सहकार्यमा एप ल्याउन लागेकी हुन्। केही दिन अगाडि निर्माता तथा कलाकार दीपकराज गिरीले परदेशमा रहेका दर्शकका लागि ‘छक्का पन्जा ३ र ‘छ माया छपक्कै’ एउटा नयाँ एपमा रिलिज हुन लागेको बताएका थिए, यो ऋचाको यही ‘चलचित्र टीभी’ एप थियो।

‘छक्का पन्जा ३ र ‘छ माया छपक्कै’ दुवै फिल्म नायिका ऋचा शर्माले किनेकी हुन्। दुवै फिल्मका लागि हाल १०–१० लाख रुपैयाँ एड्भान्स रकम भुक्तानी दिइएको छ। युट्युबमा सार्वजनिक नभएका यी दुवै फिल्म दर्शकले एप डाउनलोड गरेर केही रकम तिरेपछि हेर्न सक्नेछन्।

कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा डिजिटल माध्यमबाट फिल्म हेर्ने दर्शकको संख्या विश्वभर ह्वात्तै बढेको छ। ऋचाले पनि खाली समयको सदुपयोग गर्दै नयाँ काम थालेकी हुन्। उनी नयाँ कामले उत्साही छिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.