मनाङमा कोरोना संक्रमित, लमजुङमा होटल 'सिल'

मनाङमा कोरोना संक्रमित, लमजुङमा होटल 'सिल'

बेंसीसहर : हिमाली जिल्ला मनाङ पहिलोपटक एकजनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । कपिलवस्तुको बाणगंगा १४ स्थायी ठेगाना भइ मनाङको चामेमा कार्यरत ५७ वर्षीय एकजना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको हो।ती कर्मचारी कपिलवस्तुबाट जेठ २१ गते मनाङ पुगेका थिए। 

चामेस्थित लोकप्रिय माविको क्वारेन्टाइनमा बसेका उनको जेठ २७ गते थ्रोट स्वाब लिइएको थियो। बिहीबार बिहान उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो।  स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्याका अनुसार उनलाई जिल्ला अस्पताल चामेको आइसोलेसनमा राखिएको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कपिलवस्तुबाट उनी जेठ २० लमजुङको बेंसीसहरस्थित पुष्पाञ्जली होटलमा बसेका थिए। बिहीबार सो होटल सिल गरी सञ्चालकसहित ४ जनाको थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएको छ। संक्रमित व्यक्ति बेंसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-४ रामबजारस्थित एक होटलमा खाना खाएका थिए। सो होटल पनि सिल गरी सञ्चालकको थ्रोट स्वाब लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार एकजनामा कोरोना संक्रमण देखिएसँगै मनाङमा उच्च सतर्कता अपनाइएको छ ।  संक्रमितसँग सम्पर्क आएका तथा बास बसेका जिल्लाको बारेमा सबै जानकारी संकलन गरिएको र सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ। 

मनाङबाट हालसम्म २३ जनाको थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएकोमा १ जनाको पोजिटिभ र ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।१६ जनाको रिपोर्ट अझै नआएको पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.