असार लागेसँगै जलमग्न बन्दै बस्ती

असार लागेसँगै जलमग्न बन्दै बस्ती

दाङ : शुक्रबारदेखिको अविरल वर्षाका कारण दाङका विभिन्न क्षेत्रमा डुबान हुन थालेको छ। दाङको देउखुरीका अधिकांश ठाउँ जलमग्न भएका छन्।  पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएका हुन्। 

गढवा गाउँपालिका वडा नम्बर ५ को बोधिपुर र त्यस आसपासको गाउँ जलमग्न भएको स्थानीय हिमा अधिकारीले जानकारी दिइन्। ‘पानी परिरहेको छ। डुवानको जोखिममा रहेका वस्तीका नागरिकलाई सतर्क बनाएका छौं’, उनले भनिन्, ‘राप्ती नदी र खहरे खोलामा पानीको सतह बढ्यो भने खतरा थपिन्छ।’ 

एक दिन अघि धान रोपेका किसान शनिबार परेको पानीले समस्यामा परेका छन्। यो पानीले कसैलाई खुसी बनाएको छ भने, कसैलाई दुःखी बनाएको छ। पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा चेतावनी घण्टी बजेको छ।  

चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले जानकारी दिए। 

 कालाकाटे सिक्टा सडकखण्ड निर्माणको क्रममा नाली पुरिएपछि गढवा गाउँपालिका-२ कोठरी गाउँ डुवानमा परेको छ। सडक निर्माणको क्रममा यस अघी बनाइएको पानी निकास पुरिएपछि कोठरी गाउँ डुवानमा परेको छ। ५० घरमा पानी पसेको स्थानीयले बताए। घरमा पानी पस्न थालेपछि गाउँलेले निर्माणाधिन सडक खनेर पानीको निकास खोलेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.