सुदूरपश्चिममा एकै दिन १६३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा एकै दिन १६३ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा शनिबार एक दिन एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।

धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालमा  ६९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो। अस्पतालका अनुसार डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई/दुई र कञ्चनपुरमा एक जनामा कोरोना पुष्टि भएको हो। संक्रमित मध्ये ५८ पुरुष र महिला ११ रहेका छन्।

यस्तै शनिबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै शिक्ष अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ४८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछामका ७६, बाजुराका ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्। पछिल्लो दिनमा सुदूरपश्चिममा दैनिक सय भन्दा बढी कोरोना संक्रमितको दर बढीरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.