दुर्घटनामा प्रहरी जवानको मुत्यु

दुर्घटनामा प्रहरी जवानको मुत्यु

दाङ : सवारी दुर्घटनामा परी दाङमा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।नवलपरासीको रामग्राम नगरपालिका -१४ स्थानीय घर भएका नवलपरासीको सुनवल इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी २७ वर्षीय जीतेन्द्र चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

दाङको तुलसीपुरबाट दंगीशरण गाउँपालिका-१ रामपुर जाँदै गरेको चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकलाई विपरित दिसाबाट आइरहेको रा १ त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीमा ठक्‍कर दिँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको डमरपालले जनाए । चौधरी दंगीशरण गाउँपालिका-१ रामपुरस्थित ससुराली जाँदै गरेको प्रहरीले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.