युवा आफैंले बनाए क्वारेन्टाइन

युवा आफैंले बनाए क्वारेन्टाइन

उदयपुर : सीप र इच्छाशक्ति भए सबै कुराको आश सरकारसँग नै गर्नु पर्छ भन्ने छैन । आफ्नै स्थानीय स्रोत, मेहनत र पसिनाबाट पनि केहि गर्न सकिन्छ । जसको ज्वलन्त उदाहरण बनेर उदयपुरगढी गाउँपालिका ७ का युवाले देखाएका छन् । 

कोरोना भाइरसको महामारी बढ्दै जान थालेपछि स्थानीय युवाले सरकारको मुख नताकी आफैँले स्रोत खोजी ७० वेडको क्वारेन्टाइन बनाएका छन् । स्थानीयले वडा नं ७ को नर्कटेस्थित खेलमैदानमा व्यक्तिसँगको आर्थिक सहयोग र जनश्रमदानबाट ५ लाख ६९ हजारको लगानीमा क्वारेन्टाइन निर्माण गरेका हुन् । 
१४ दिनसम्म बस्नका लागि स्थानीय लगानी र प्रयासमा ट्रस्टको छाना, शौचालय, वाथरुम र सुविधायुक्त बेडसहितको क्वारेन्टाइन निर्माण गरेको नेतृत्वदायी संस्था जनशक्ति युवा क्लवका अध्यक्ष सागर राउतले बताए । 

सरकारी स्वामित्वमा रहेको माध्यमिक विद्यालय हाडेवासमा क्वारेन्टाइन स्थापना गर्ने गाउँपालिकाले निर्णय गरे पनि विद्यालय ब्यबस्थापन समिति र गाउँलेले नमानेपछि खेलमैदानलाई क्वारेन्टाइनमा परिणत गरिएको उनले बताए ।    गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा देशका विभिन्न स्थानबाट पालिकामा प्रवेश गरेका स्थानीयलाई अपुग भएपछि युवाहरुले नेतृत्व गरी क्वारेन्टाइन स्थापना गरेको उनले बताए । जुन काम अत्यन्तै नमुना र उदाहरणीय रहेको पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । 
    
उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र मृत्यु दर प्रत्येक दिन बढदै गएको अवश्थामा युवा आफैँ सचेत हुनु र सरकारको दायित्वलाई आफ्नै ठानी सहयोग गर्नु प्रशंसायोग्य काम भएको उल्लेख गरे। विसम परिस्थितिमा युवाले बनाएको क्वारेन्टाइनले ठूलो महत्व राखेको भन्दै अध्यक्ष मगरले निर्माण भएको क्वारेन्टाइलाई पालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    
क्वारेन्टाइनमा खाना र अन्य सामग्रीका लागी गाउँपालिकासँग कुराकानी भइरहेको अध्यक्ष राउतले बताए । पछिल्लो समय रोजगारीका सिलसिलमा भारत लगायतका अन्य मुलुकबाट पालिका आउने क्रम जारी रहेको र भारतबाट आएका अधिकांशमा कोरोना संक्रमण देखिएकाले गाउँ, बस्ती र जनतालाई जोगाउन युवाले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्थानीय होम बस्नेतले बताए । 
    
‘संक्रमण बढदै गएकाले पालिकाले बनाएको क्वारेन्टाइन अपुग भएको र खचाखच राख्नु पर्ने अवश्था आएकाले संक्रमण फैलिन नदिन यसो गरिएको हो । एउटै कोठामा धेरै मान्छे बसेपछि त्यसै पनि सामाजिक दुरी कायम हुन सक्दैन', बस्नेतले भने, ‘सँगै बस्दा सुत्दा संक्रमण अझ बढी फैलिने भएकाले भीडभाड कम गर्न क्वारेन्टाइन थप गरिएको हो ।'
    
कोरोना भाइरस (कोभिड–१९ )को संक्रमण फैलिन नदिन उदयपुरका आठ वटै स्थानीयले सरकारी लगानीमा ५ सय ५० जना क्षमता रहेको ३५ वटा ठाउँ क्वारेन्टाइन स्थापना गरेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए । उनले भने, '२४ जना महिला र १ सय ७४ जना पुरुष गरी १ सय ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाइनमा रहेका छन् ।' 
    
हालसम्म ८ सय ९७ जना महिलासहित तीन हजार ८२ ले पीसीआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये २ हजार ८ सय ८० जनाको रिर्पोट आइसकेको छ । त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडिटी टेष्ट भइसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजिटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए । 
    
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित स्थानीय तहको संयुक्त समन्वयमा भारतलगायत अन्य विदेशी मुलुकबाट आउने सबैलाई आफ्नो घर पुग्नु अगावै सिधै लगेर स्थानीय तहले बनाएका क्याम्प क्वारेन्टाइनमा राख्ने गरिएको प्रमुख जिल्ला अधिकारी दिपकप्रसाद पहाडीले बताए । संघ, प्रदेश र स्थानीय तहको सिमित स्रोतसाधनको परिधिभित्र रहेर स्थानीय स्तरमा क्याम्प क्वारेन्टाइनको व्यवस्था गरिएको र कोरोना भाइरसको संक्रमण फैलिन नदिन कम्तिमा १४ दिनसम्म त्यस्ता क्वारेन्टाइनको बसाइ प्रभावकारी बनाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.