साउदीमा अलपत्र ८०९ नेपाली उडे, शव उडेन

साउदीमा अलपत्र ८०९ नेपाली उडे, शव उडेन

साउदी : कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका नेपाली हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् । हालसम्म ८०९ जनाले  यात्रा  गरेका छन् ।

नेपाली दूतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको  नामावली सार्वजिनिक गरेको छ ।

साथै लामो  समयदेखि दूतावास सेल्टरमा रहेका  ४ जना महिलाले पनि पनि यात्रा गरेका छन् ।  यात्रा गरेका ४ मध्ये २ जना आफ्नै खर्चमा र २ जनाको अमृत पौड्यालको नेतृत्वमा संस्थागत रुपमा हवाई  टिकट  उपलब्ध  भएको थियो । उडानको समय  सहजीकरणका लागि विमानस्थलमा नेपाली  दूतावास परिवारको समेत उपस्थित थियो।

साउदी सरकारले अकामा नविकरणन गरेका ७४  जना  नेपालीका लागि बहिगर्मन भिषा समेत जारी गरेको छ ।  जसका  कारण उनीहरू चाडै  स्वदेश फिर्ता  हुने भएका छन् ।  कामको शिलशिलामा  मृत्यु भएका  १२०  जना  नेपालीको  शव  साउदी छ र जसका लागि दूतावासले सम्बन्धित निकायलाई जानकारी गराए पनि  कोरोनाको समस्याका कारण गर्दा शवहरु यततत्र भएका छन् ।  

आफ्नै राष्ट्रको ध्वजावाहक नेपाल एयरलाइन्समा स्वदेश फिर्ता हुन पाए पनि नेपाली केही निराश भए।  कोरोनाको त्रास सँगै अलपत्र परेरका बेला महंगो टिकटको शुल्क  र उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि करिब ६ हजार नेपाली रुयैयाँ तिर्नुपर्ने बाध्यता उनीहरुलाई थियो। 

आपतमा सरकारले सहयोग नगरेको गुनासो उनीहरुको छ ।  पछिल्लो पटक सरकारले निर्धारण गरेको  साउदीको रियाद रजेद्धा शहरबाट  एकतर्फी हवाई टिकटको मूल्य करिब नेपाली ६८ हजार रुयैयाँ रहेको छ । सरकारले निर्धारण गरेको हवाई टिककको मूल्य नलिन र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सर्वोच्च आदेश आदेश दिए पनि त्यो कार्यान्वयन भएन । 

चर्काे हवाई भाडाका कारण अलपत्र परेका थुप्रै नेपाली स्वदेश फर्कनबाट बञ्चित हुने र विदेशमै ज्यान गुमाउनु पर्ने अवस्था समेत आउने देखिन्छ । 

साउदीअरेबियाले कोरोनाको असर संगै २१ जुन देखी पूर्ण रूपमा  कर्फ्यु  हटाएको छ तर  माक्स अनिबार्य रुपमा लगाउने ,सामाजिक दूरी कायम राख्ने र ५०  जना भन्दा  बढि भीडभाड गर्न नपाइने, जस्ता नियम लागु गरेको छ भने अन्तराष्ट्रिय उडानका लागि सरकारले  कुनै निर्णय लिएको छैन । घर बिदामा गएका कामदार कोरोना महामारी समाप्त नहुन्जेलसम्म साउदी फर्कन नपाउने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.