थप ६२९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

थप ६२९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार  ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ । 

कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् ।  बुधबार मात्र ११४ जना डिस्चार्ज भएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.